नदीजन्य सामग्री उत्खनन् गर्ने ९ सवारीसहित ८ चालक पक्राउ

विराटनगर । मोरङ प्रहरीले नदी तथा खोलामा अवैध रुपले उत्खनन् गरिरहेका ९ वटा सवारी र ८ जना चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्लाको विभिन्न नदी र खोलामा नदीजन्य सामग्री उत्खन्न गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

जिल्लाको खदम खोला, मुगु खोला, बुढीखोला, लोहन्द्रा खोलामा नदीजन्य सामाग्री उत्खनन् गरिरहेको अवस्थामा सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार एउटा जेसीबी, ४ वटा टिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

बुढिगंगा गाउँपालिका–३ का असोक कट्वाललाई को १ ख ५८६२ नम्बरको टिफर, केराबारी–१० का राज लिम्बुलाई को१ख १४९१ नम्बरको जेसीबीसहित नियन्त्रणमा लिएको छ भने सुनसरी–१२ खनारका जयराम उराउलाई को १ ख ७२५१ नम्बरका टिफर, इटहरी–११ का अनिल चौधरीलाई ना ८ ख ४२६७ नम्बरको टिफरसहित नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, सुन्दरहरैंचा–१० का दिनेश उराउलाई प्र–१–०२–००१ ख ९३८७ नम्बरको टिफर, सुन्दरहरैंचा–५ का काशीनाथ ऋषिदेवलाई को १ त ६८६४ नम्बरको ट्याक्टर, सुन्दरहरैंचा–११ का उज्जवल पौडेललाई को २ त ५५६४ नम्बरको ट्याक्टर, सुन्दरहरैंचा–१२ का सम्भु मग्रातीलाई अनटेस्ट लेखिएको ट्याक्टर तथा प्र १–०२–००३ त १४०१ नम्बरको अर्को ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

ती सवारी र चालकलाई आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस