मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसअनुसार जसपाका नयाँ मन्त्रीहरु समेटिएको छ ।

नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदिप यादवलाई नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरूको सोमबारै अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ ।

Author:



क्याटोगरी छान्‍नुहोस