मधेस प्रदेश सरकारको बजेटमाथि आजदेखि छलफल

student

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुँदैछ । दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभा बैठकमा यही असार १ गते प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस