जसपाको तीन हेरफेर, को–को हुँदैछन् नयाँ मन्त्री?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अहिले सरकारमा रहेका तीन जना मन्त्री हेरफेर गर्ने भएको छ । जसपाले भौतिक पूर्वाधार, वन र कृषि मन्त्रीलाई फिर्ता बोलाउने भएको हो ।

भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाउने भएको हो । साथै यी ठाउँमा पार्टीबाट नयाँ मन्त्री सिफारिस भएका छन् ।

जसपाले आइतबार राति नै तीन जना नयाँ मन्त्रीको नाम जसपाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीको रुपमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह सिफारिस भएका छन् ।

राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषिमन्त्रीका रुपमा सिफारिस गरिएको जसपा स्रोतले जनाएको छ । बालुवाटार स्रोतका अनुसार आज÷भोलिमा नयाँ मन्त्रीहरुको शपथ हुनसक्छ ।

त्यस्तै, जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस