मधेश सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुचारु

जनकपुरधाम, १९ असार । कोरोना महामारीका कारण स्थगित हुन पुगेको मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुचारु भएको छ । आज (आइतवार)बाट पुनः छोरी शिक्षा बीमा कार्यक्रम सुचारु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुडामणी फुयालले जानकारी दिए ।

उनका अनुसार सुरुमा बीमा गरेको प्रभु बैंकसँगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बीमा कार्यक्रम ग्लोबल आइएमइ बैंकसँग सम्झौता भएको हो । प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएसँगै छोरी शिक्षा बीच पुनः सुचारु भएको प्रमुख फुयालले बताए ।

सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकको तर्फबाट ग्लोबल बैकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका हुन् । २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरुको लागि सुरू गरिएको बीमा २० वर्षपछि ३ लाख पाउने गरि प्रति बीमा ३७ हजार ४५७ रुपैया ६० पैसा मधेश सरकारले बैंकलाई दिनु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’कार्यक्रम अन्तर्गत सञ्चालित छोरी शिक्षा बीमाको समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ फागुन ९ गते गरेकी थिइन ।

Author:



क्याटोगरी छान्‍नुहोस