स्थानीय तह निर्वाचनमा खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचनमा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता पठाइएको छ । निर्वाचन आयोगले सो रकम पठाएको हो ।

खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने आयोगको अनुमान छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपैयाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिए ।

आयोगले स्थानीय निर्वाचनको लागि मन्त्रालय समक्ष ८ अर्ब ९५ करोड बजेट माग गरेको थियो । तर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस