माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार ७२ जना उत्तीर्ण

जनकपुरधाम, ४ साउन । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ ।

आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गरेको हो । जसमध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन् ।

कुन प्रदेशबाट कति जना पास ?
प्रदेश नम्बर १ बाट ३ हजार ८८२ उत्तीर्ण – ४३ जनाको परीक्षा रद्द

मधेश प्रदेशबाट १ हजार ७२० जना उत्तीर्ण – ९६ जनाको परीक्षा रद्द

बागमती प्रदेशबाट ७ हजार १४५ जना उत्तीर्ण – १०८ जनाको परीक्षा रद्द

गण्डकी प्रदेशबाट २ हजार ६४५ जना उत्तीर्ण – ३६ जनाको परीक्षा रद्द

लुम्बिनी प्रदेशबाट ३ हजार ९७३ जना उत्तीर्ण – ६५ जनाको परीक्षा रद्द

कर्णाली प्रदेशबाट एक हजार ६४६ जना उत्तीर्ण – ३९ जनाको परीक्षा रद्द

सुदूरपश्चिम प्रदेशबाट २ हजार ६१ जना उत्तीर्ण – ५२ जनाको परीक्षा रद्द

Author:



क्याटोगरी छान्‍नुहोस