मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

जनकपुरधाम । हाल देशभर सामान्य बदली भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू–भागमा सरदरको आसपास अवस्थित रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ। बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस