कस्तो रहला तीन दिन मौसम ?

जनकपुरधाम । आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाव बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

शनिबार प्रदेश १, मधेश प्रदेशको तराई भू–भाग र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान महाशाखाको छ । यस्तै, आइतबार प्रदेश १ को पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भई बहने केही स–साना नदीहरूमा बाढी आउने पूर्वानुमान छ ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस