कृषिमन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ।

विहिवार मन्त्रालयमा मन्त्री यादव र राजदूत श्रीवास्तवबीच भेटघाट भएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति गर्ने विषयमा छलफल भएको हो ।

त्यस्तै नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र उखु तथा कफीको नयाँ जातको आयात तथा मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएयको प्रवक्ता सञ्जेलले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस