पूर्वी तराईमा भारी वर्षा

जनकपुरधाम । जल तथा मौसम विज्ञान विभागले पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको जनाएको छ ।

पूर्वी तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । विभागले थप वर्षा हुनसक्ने आकलन गरेको छ ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस