राजेश विद्रोहीको घोषणा–सप्तरी–४ बाट चुनाव लड्नेछु

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य राजेश विद्रोहीले सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । लेखक समेत रहेका उनी जसपा बाबुराम भट्टराई पक्षका नेता हुन् ।

खडक नगरपालिकास्थित गरुराहा निवासी उनी पहिलो पटक चुनाव लड्न लागेका हुन् । तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भई जनयुद्धमा सहभागी भएका थिए ।

बाबुरामले नेकपा माओवादी छोडेपछि सँगसँगै विद्रोहीले पनि छाडेका थिए । विद्रोहीले दलित मुद्दामा लामो समयदेखि लेख लेख्नुका साथै अभियान चलाउँदै आएका छन् भने उनको केही किताबहरु पनि प्रकाशित छन् ।

केही यतादेखि उनी दलित जागरण अभियानका केन्द्रीय संयोजकका रुपमा दलित समुदायमाथिको समस्या समाधानका निम्ति काम गर्दै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस