केही नेता गए पनि मतदातामा असर पार्दैनः अशोक राई (भिडिओ)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले मूलधारबाट अलग भएर जाने नेताहरुबाट मतदातामा असर नपर्ने दावी गरेका छन् ।

मधेशलाइभसँग कुरा गर्दै अध्यक्ष राईले यस्तो दावी गरेका हुन् । ‘पार्टीमा नेताहरु गएको र सामेल भएको दुई वटै घटनाहरु भइरहेको छ, खासगरी पछिल्लो डा.बाबुराम भट्टराई पार्टीबाट अलग हुनुभएको छ’ उनले भने–‘उहाँले पार्टी भित्रै रहेर काम गर्दाखेरी आफुलाई चित्त नबुझेका कुरा राख्दाखेरी बढी राम्रो हुन्थ्यो तर उहाँ जानुभयो ।’

उनी जाँदा केही नेता कार्यकर्ताहरु साथमा रहेपनि आफ्ना मतदातामा असर नपर्ने अध्यक्ष राईको कथन छ । ‘अहिलेसम्मको अनुभवमा मूलधारबाट अलग भएर जाने नेताहरुसँग केही कार्यकर्ताहरु गएता पनि मतदाताहरु गएको देखिदैँन, त्यस कारणले मतको हिसाबले पार्टी चैं यथावत नै छ’, उनले भने ।

केही समयअघि मात्रै जसपाका संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा रहेका भट्टराई लगायतका नेताहरुले पार्टीबाट अलग भएर आफ्नै दल दर्ता गराएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस