मिटरब्याजीविरुद्ध कडा कदम चाल्छौंः मुख्यमन्त्री राउत

जनकपुरधाम, १५ साउन। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरब्याजीविरूद्ध कडा कदम चाल्ने बताएका छन् । आइतवार मिटरब्याजीविरूद्ध संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

‘मिटरब्याजीबाट पीडित भएकाहरूको पक्षमा प्रदेश सरकार गम्भीर छ’ उनले भने ‘मिटरब्याजीमाथि कडा कदम चाल्छौं ।’ उनले मिटर ब्याज सरकारको लागि ठुलो चुनौती बन्दै गएतापनि समाजको विकृतिको रूपमा रहेका मिटरब्याजीहरूलाई कानूनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

प्रहरी प्रशासन प्रदेश मातहत नहुँदा ठोस कदम चाल्न नसकिएको मुख्यमन्त्री राउतको कथन छ । यद्यपी, चाँडै समस्या समाधानको बाटो पहिल्याइने उनले बताए । संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास मधेशभवन पुगेका पीडितहरूले ७ बुँदे मागसहितको मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस