मधेशका ३ जिल्लामा पर्यटन विकास कार्यालय स्थापना गरिने

जनकपुरधाम, १६ साउन । मधेश प्रदेश सरकारले तीन जिल्लामा पर्यटन विकास कार्यालय स्थापना गर्न लागेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

चालु आर्थिक वर्षको बजेटबाट धनुषाको जनकपुरधाम, सिराहाको लहान र पर्साको वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

त्यस्तै, हाल जनकपुरधाममा संचालित उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरिएको छ भने पर्साको वीरगंजमा उद्योग विभाग स्थापना गर्ने निर्णय भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस