निर्वाचनमा भाग लिन ११६ वटा दल योग्य

जनकपुरधाम । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन ११६ वटा दल योग्य रहेका छन् ।

साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका दलहरूले मंसिर ४ गते हुने निर्वाचनमा भाग लिन योग्य हुन्छन् । तर चुनावका लागि भने दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न समय दिएको छ ।

पहिलो आइतबार दिन जम्मा ६ दलले दल दर्ता गरेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको आयोगले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस