कस्तो रहला आजको मौसम ?

जनकपुरधाम । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ भने कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस