सप्तरीमा मोटरसाइकल जुधेर दुर्घटना हुँदा एकको मृत्यु

राजविराज, २३ साउन । सप्तरीमा दुई वटा मोटरसाइकल जुधेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

राजविराज–रुपनी सडक खण्डमा बा ८५ प ६१९६ र स २ प ८१६७ नम्वरको मोटरसाइकल जुधेर गए राति दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ८१६७ नम्वरको मोटरसाइकलका चालक शम्भुनाथ नगरपालिका–३ का २५ वर्षीय विक्की चौधरीको मृत्यु भएको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

उनकाअनुसार उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो । अर्का मोटरसाइकलको चालक र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस