निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भयो लोसपा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराएको छ ।

बिहीबार दिउँसो निर्वाचन प्रयोजनका निम्ति लोसपा नेपालले आयोगमा दर्ता गरिएको गरिएको लोसपाका नेता केशव झाले जानकारी दिए ।

उनका अनुसार लोसपाको मुल दर्ता नम्बर ४९५ रहेको छ । आयोगले साउन २२ गतेदखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता सुरु गरेको हो ।

संविधानको धारा २७१ बमोजिम साउन ३१ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस