मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी माग (सूचनासहित)

जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले २७२ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सामाजिक विकास मन्त्रालयले मधेश प्रदेशभरका १३६ पालिकाहरुमा प्रदेश निदान केन्द्र सञ्चालन गर्न करार सेवामा कर्मचारी भर्ना गर्न लागेको हो ।

बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयहोगी माग गरिएको छ ।

सूचनामा १५ दिनभित्र अर्थात भदौ ९ गतेसम्म प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आवेदन दिन सकिने उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस