‘न्याय नपाएसम्म संघर्ष गरिरहन्छौं’

राजविराज । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीबाट पीडितहरूले बुधवार राजविराजमा प्रदर्शन गरेका छन् । मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितले नाराजुलुस गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलास आगाडी र राजविराजभर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका सहभागीहरुले ‘रामदेवका छोरा छोरीलाई छोड्न पाईदैन’, ‘ऋण तिरिसकेको जग्गा फिर्ता गर’, ‘साहलाई कारवाही गर’ लगायतका प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका थिए ।

न्याय नपाएसम्म संघर्ष जारी राख्ने उनीहरुको कथन छ । ‘गुजारा चलाउने भएभरको जग्गा पनि आफुसँग छैन, हामीमाथि अन्याय भएको छ, न्याय नपाएसम्म संघर्ष गरिरहन्छौं’, संघर्ष समितिका संयोजक छेदीलाल पासवानले भने ।

यसअघि मिडियामा समाचार आइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिए । त्यसपछि नेपाल प्रहरीले तेलीका छोरा नन्दकिशोरलाई गत जेठ २७ सुनसरीको धरान–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाती चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साह फरार छन् । गत असार २२ गते मिटरब्याजी रामदेव साह तेलीका छोरा छोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस