संघविरुद्ध मधेश सरकार आन्दोलितः आइतवारदेखि धर्ना

जनकपुरधाम । संघ सरकारले प्रहरी समायोजन गर्न गम्भीरता नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन घोषणा गरेको छ ।

यसअघि साउन २२ गते प्रहरी समायोजन गर्न प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ दिने अल्टिमेटम बुझाएका थिए । यद्यपी संघ सरकारले गम्भीर नभएको भन्दै मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शनिवार औपचारिक रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअनुसार मधेश प्रदेश सरकारले साउन २९ गते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मन्त्री साहले बताए । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने सो धर्ना कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाज, वुद्धिजीवी लगायतका व्यक्तिहरुको सहभागिता रहनेछन् ।

धर्ना कार्यक्रम एक सातासम्म चल्ने र त्यसपछि पनि संघ सरकार गम्भीर नभए दोस्रो चरणका आन्दोलन घोषणा गर्ने मन्त्री साहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस