थप २६३ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

जनकपुरधाम । मुलुकभर एकैदिन थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १६५ जनाको पीसीआर र २६३ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ४८९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५११ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७५ हजार ३०७ पुगेको छ ।

नयाँ संक्रमित थपिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या ५ हजार ४३४ जना पुगेका छन् । त्यस्तै, २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८६ रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस