मधेश प्रदेशबाहेक अधिकांश स्थानमा भारी वर्षा

जनकपुरधाम । मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिमका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ

Author:



क्याटोगरी छान्‍नुहोस