स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने १ लाख बढीलाई आयोगले सोध्यो स्पष्टीकरण

जनकपुरधाम । स्थानीय तह निर्वाचनको खर्च विवरण पेस नगर्ने १ लाख २३ हजारभन्दा बढी उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै हालसम्म १ लाख २३ हजार ७८३ जना उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाएको जानकारी दिए । खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई कारबाही स्वरूप स्पष्टीकरण सोधेको उनले जानकारी दिएका हुन् ।

निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचनमा भएका खर्च विवरण तोकिएको ढाँचामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर तोकिएको समयावधिभित्र विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा भन्दा ढिलो गरी बुझाउने ८ हजार ६५२ गरी जम्मा एक लाख २३ हजार ७८३ जनालाई स्पष्टीकरण सोधेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस