नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाइनेछः मन्त्री यादव

राजविराज, ३१ साउन । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर नेपाली नागरिकमाथि अन्याय गरेको टिप्पणी गरेका छन् ।

मंगलबार सप्तरीको राजविराजमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । ‘जनतालाई नागरिकता विहिन गर्ने कुनै पनि सरकारलाई अधिकार छैन्’,मन्त्री यादवले भने–‘आफ्ना नागरिकलाई नागरिकता प्रदान गर्नु सरकारको दायित्व हो, तर स्वीकृत हुनुपर्ने नागरिकता विधेयक फिर्ता हुँदा नेपाली जनतामाथि अन्याय भयो ।’

नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री यादवले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने जिकिर समेत गरे । सोही कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले राजविराजमा यातायात कार्यालय संचालनमा आउनु सप्तरीवासीका लागि ठूलो उपलब्धी रहेको बताए ।

उनले भवन निर्माणमा लाग्ने सम्पुर्ण खर्च प्रदेश सरकारबाट उपलब्ध गाराउन तत्पर रहेको बताए । ‘कठिन परिश्रमबाट आज सफलता पाएका छौं, कार्यालयबाट सरल र सहज तरिकाले सेवा प्रवाह होस्’ उनले भने–‘आम जनताको सरोकारको लक्ष्य हासिलमा बाधा अवरोध नहोस् भएको खण्डमा जो कोहीँमाथि कारबाही गर्छौ ।’

राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय

राजविराज नगरपालिका–९ स्थित रुपनी रोडमा यातायात व्यवस्था सेवा कार्यालय संचालन भएको छ । मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री यादव र अर्थमन्त्री साहले मंगलबार सो कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मधेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव दिपक कुमार दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समवन्य समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, सप्तरी उधोग वाणिज्य संघ राजविराजका अध्यक्ष लालु प्रसाद अग्रवाल, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान लगायतकाले यातायात कार्यालयको सफलताको शुभकामना व्यक्त गरे । तत्काललाई सो कार्यालयबाट लाइसेन्स र ब्लु–बुक नविकरण, सवारी दर्ता, रोड पर्मिड लगायतका सेवा उपलब्ध गरिने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस