सर्लाहीमा ३६ लाख रकम र सुनसहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीमा ३६ लाख रुपैयाँ र सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री छन् ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले बरहथवाबाट पक्राउ गरेको दुवै जनाको साथबाट सो रकम र २३३ ग्राम २८० मिलिग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकलमा सवार भएर गइरहेका उनीहरुलाई चेकजाँच गर्दा सो रकम र सुन बरामद गरिएको उनले बताए । दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस