स्थानीय तहलाई मन्त्रालयको निर्देशन–स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउनु

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भइ खटिएका स्वास्थ्यका कर्मचारीलाई यथावत जिम्मेवारीमा स्थानीय तहहरुलाई राख्न निर्देशन दिएको छ ।

कतिपय स्थानीय तहले समायोजन भएर दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेको भनि गुनासो भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएका हो ।

‘सुरु समायोजन भएका वा दोहोरो सहमतिको आधारमा समायोजन मिलान भइ हाल विभिन्न पालिकाहरूमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरूलाई सम्बन्धित पालिकाहरूले यथावत जिम्मेवारीमा राखेर आवश्यक तलबभत्ताको व्यवस्था पालिकाहरूबाटै गर्ने ।’, मन्त्रालयले दिएको निर्देशनमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस