निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिँदै

जनकपुरधाम । प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ ।

आयोगले मंसिर ४ गते तोकिएको निर्वाचन प्रयोजनका लागि दिएको समय आज सकिन लागेको हो । हालसम्म आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता भएको थियो । त्यस्तै, नेपाली कांग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ । कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस