सप्तरीमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन हुँदै, यी सेवाहरु प्रवाह हुने

राजविराज । सप्तरीको राजविराजमा पनि यातायात व्यवस्था सेवा कार्यालय संचालनमा आउने भएको छ । मधेश प्रदेश सरकारले गत फागुन २४ गते गरेको निर्णयअनुसार राजविराज–रूपनी सडक खण्ड अन्तर्गत गीता पेट्रोल पम्प अगाडी सो कार्यालय स्थापना भएको हो ।

मंगलबार सो कार्यालयको उद्घाटन हुने कार्यालयका निमित्त प्रमुख इन्द्रनारायण पण्डितले जानकारी दिए ।

उनका अनुसार हाललाई कार्यालयबाट विलबूक र लाइसेन्स नविकरण, सवारी दर्ता, सवारी जाँचपास रुट पर्मिट, पटके सेवा (अस्थायी रुट पर्मिट) र यातायात सेवा पञ्जिकृत जस्ता सेवाहरु प्रवाह गरिनेछ ।

यसअघि यहाँका सेवाग्राहीहरु सिरहाको लहानस्थित यातायात कार्यालयबाट सेवा लिँदै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस