राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक आजै पारित गर्ने तयारी

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।

संघीय संसद्का दुवै सदनबाट पारित भई नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रमाणीकरणका लागि यसअघि यसअघि राष्ट्रपतिसमक्ष पेस भएको थियो । राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै विधेयक साउन २९ गते सदनमा फिर्ता भएको थियो ।

कार्यसूचीबमोजिम अघि बढे बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक पुनर्विचार गरियोस् भनी प्रस्ताव गर्नेछन्।

विधेयकमाथि कुनै संशोधन नगर्ने सहमति सत्तारूढ पाँच दलबीच भएको छ । दुवै सदनबाट विधेयक पारित भएपछि राष्ट्रपतिसमक्ष पुनः पठाइनेछ।

Author:



क्याटोगरी छान्‍नुहोस