समानुपातिक निर्वाचनमा भाग लिन चाहने दललाई निवेदन पेस गर्नुपर्ने

जनकपुरधाम । प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्नुपर्ने भएको छ। निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्न सूचना जारी गरेको छ ।

‘मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दल दर्ता गर्नुपर्नेछ,’ आयोगद्वारा जारी गरिएको सूचनामा भनेको छ, ‘समाानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २०७९ साल भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस