गायक रन्जितको ‘खोली बगर’मा सार्वजनिक (भिडिओ)

जनकपुरधाम । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ सार्वजनिक भएको छ । एक दशक आफ्नो सांगितिक यात्रा तय गरेको अवसर पारेर रन्जितले सो गीत ‘ओेएसआर डिजिटल’को अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको सो गीत एच.बी सुनारले रचना र संगीत गरेका हुन् भने शाहस शाक्यले संगीत संयोजन गरेका हुन् । सो गीतमा फिमेल भोकलमा मन्जु उपाशना बिकले साथ दिएकी छिन् । गीतमा प्रकाश मिश्रले ध्वनी सम्पादन गरेका छन् भने अकोस्टिक नेपाल स्टुडियोमा गीत रेकर्ड गरिएको जनाएको छ ।

भिडियोमा गायक लामा पहिलो पटक देखिएका हुन् । उनीसँगै मोडल स्मारिका ढकाललाई देख्न सकिन्छ । देवराज गुरुङले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन् । भिडियोलाई प्रेम लामाले छायांकन र निर्देशन गरेका हुन् ।

यसअघि गायक लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’, आउन माया आउ, मुसुक्क नेमा, हुलाकी दाई, हुक्का,भुल भए माफ गर, मार्फाको स्याउ, हलक्क मैच्याङ, बुट्टे रुमाल, म्हेन्दोमाया गीत ‘टुना युनाले’ लगायत थुप्रै गीत सार्वाधिक चर्चामा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780