पर्सा क्षेत्र नम्वर १(ख) बाट मुख्यमन्त्री राउतको नाम सिफारिस

वीरगञ्ज । आसन्न निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नम्वर १(ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवारको रुपमा सिफारिस गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले प्रदेशसभा सदस्यका उम्मेदवारको लागि उनको एकल नाम सिफारिस गरिएको सचिव तबरेज आलमले जानकारी दिए । मुख्यमन्त्री राउत यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

त्यस्तै, पर्सा क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस