भारतमाथि पाकिस्तानको शानदार जित

जनकपुरधाम । दुबई इन्टरनेशल स्टेडियममा गए राति भएको टि–२० एसिया कप २०२२ को सुपर फोरमा पाकिस्तानले भारतमाथि शानदार जित हात पारेको छ ।

खेलमा पाकिस्तानले भारतमाथि ५ विकेटको रोमान्चक जित निकालेको हो । जितको लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रनको इनिङ खेले ।

त्यस्तै, मोहम्मद नवाजले विष्फोटिङ ब्याटिङ गर्दै ४२ रन बनाए भने आसिफ अलीले १६ रन, फकर जमानले १५ रन तथा कप्तान बाबर आजम र खुस्दिल शाहले समान १४ रन बनाए । त्यस्तै, मोहम्मद नवाजले विष्फोटिङ ब्याटिङ गर्दै ४२ रन बनाए भने आसिफ अलीले १६ रन, फकर जमानले १५ रन तथा कप्तान बाबर आजम र खुस्दिल शाहले समान १४ रन बनाए ।

बलिङतर्फ भारतका रवि विश्रोई, अर्शदीपसिंह, भुवनेश्वर कुमार, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । भारतका विराट कोहलीले सर्वाधिक ६० रनमा रन जोडे । त्यस्तै, कप्तान रोहित शर्मा र केएल राहुलले समान २८÷२८ रन बनाए भने दीपक होडा १६ तथा ऋषव पन्त १४ रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानका शादब खानले २ विकेट लिए भने मोहम्मद नवाज, मोहम्मद हसनैन, नसिम शाह र हरिस रौफले समान एक÷एक विकेट लिए । यसअघि समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले नै पराजित भएको थियो । यस जितसँगै पाकिस्तानले बदला लिएको छ ।

भारतले अब सुपर फोरमा श्रीलंका र अफगानिस्तानसँग खेल्नेछ भने पाकिस्तानले पनि सोही टोलीसँग खेल्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस