उछृङ्खलता विरुद्ध प्रशासनको ‘एक्शन’ : सिरहामा ‘आर्केष्टा’ गर्न रोक

लहान । सिरहामा ‘आर्केष्टा’सहित तडकभडक सृजना गर्ने खालका कार्यक्रमहरु गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना जारी गर्दै शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै त्यस्ता कार्यक्रमहरु गर्न निषेध गरिएको उल्लेख गरेको छ ।

‘चाडपर्वहरु मनाउने संस्कार परम्परादेखि नै चलि आएकोमा वर्तमान समयमा भड्किलो हुँदै गएको सर्वविदितै छ । यसले गर्दा शान्ति सुरक्षामा चुनौती थपिएको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘युवाहरुमा सांस्कृतिक विचलन बढ्दो छ । उछृङ्खलता बढ्दै गएको छ । सांस्कृतिक मूल्य मान्यतामा ह्रास आएको छ । यी विषयहरु गम्भीर चुनौतीको रुपमा रहेका छन् ।’

चाडपर्व संयमित रूपले मनाउने वातावरणको सिर्जना गर्न, परम्परा र सांस्कृतिक जगेर्ना गर्न तथा शान्ति सुरक्षा बहाल गर्नका लागि जिल्लाभरि नै आर्केष्ट्रा लगायतका तडकभडक सिर्जना गर्ने कार्यक्रम निषेध गरिएको जनाएको छ ।

अटेर गरी कार्यक्रम आयोजना गरेको पाइएमा कानून बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलद्वारा जारी गरिएको सूचनामा चेतावनी समेत दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस