सप्तरी–२ : माओवादी केन्द्रले जसपालाई सघाउने संकेत

राजविराज, २३ भदौ । सत्तारुढ नेकपा माओवादी केन्द्रले पनि आसन्न निर्वाचनका लागि सप्तरीमा उम्मेदवारहरुको नाम सिफारिस कार्यलाई तीव्रता दिएको छ । राजविराजमा बुधवार साँझ बसेको पार्टीको निर्वाचन क्षेत्र नम्वर २ समितिको बैठकले सप्तरी क्षेत्र नम्वर २ (क) र (ख) का लागि उम्मेदवारहरु सिफारिस गरेको हो ।

सिफारिस सूची अनुसार २ (क) प्रदेशसभा सदस्यका लागि दिपेन्द्र माझी, विनोद यादव र शिवशंकर पण्डितको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेका माझी पार्टीका जिल्ला सदस्य हुन् भने यादव वाइसियल नेपालका जिल्ला अध्यक्ष एवम् पार्टीका जिल्ला सदस्य हुन् ।

त्यस्तै, २ (ख) बाट उमेशकुमार यादवलाई सिफारिस गरिएको पार्टीका जिल्ला सदस्य माझीले जानकारी दिए । उमेश पार्टीका जिल्ला अध्यक्ष एवम् पोलिटब्यूरो सदस्य र पूर्व सिंचाई मन्त्री समेत हुन् ।

यद्यपी, क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यका लागि भने कसैको नाम सिफारिस गरिएको छैन् । सत्तारुढ दलआवद्धका पार्टीहरु गठबन्धन गरेर मंसिर ४ गते हुन लागेको निर्वाचनमा सहभागी हुने संकेतले प्रतिनिधि सभा सदस्यका लागि कसैको पनि नाम सिफारिसमा परेको छैन् ।

श्रोतकाअनुसार गठबन्धनपछि माओवादी केन्द्र, सप्तरीले निर्वाचन क्षेत्र नम्वर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सघाउने तयारी छ । जसपाले सो क्षेत्रबाट पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मतले सिफारिस समेत गरिसकेको छ । अध्यक्ष यादव यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस