पूर्वमन्त्री यादव प्रदेशसभा सदस्यका लागि सिफारिस

राजविराज, २३ भदौ । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका पूर्व सिंचाई मन्त्री उमेशकुमार यादवलाई सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ (ख)बाट प्रदेशसभा सदस्यका लागि सिफारिस गरिएको छ ।

बुधवार साँझ राजविराजमा बसेको पार्टीको निर्वाचन क्षेत्र नम्वर २ समितिको बैठकले प्रत्यक्षतर्फ सो क्षेत्रबाट उनको एकल नाम सर्वसम्मतले सिफारिस गरिएको पार्टीका जिल्ला सदस्य माझीले जानकारी दिए ।

पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पूर्वमन्त्री यादव यसअघि २०७० को निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नम्वर ३ (हाल २) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै २ (क)तर्फ प्रदेशसभा सदस्यका लागि दिपेन्द्र माझी, विनोद यादव र शिवशंकर पण्डितको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेका माझी पार्टीका जिल्ला सदस्य हुन् भने यादव वाइसियल नेपालका जिल्ला अध्यक्ष एवम् पार्टीका जिल्ला सदस्य हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस