६० प्रतिशत सिट नछोड्ने मधेस कांग्रेसकाे निर्णय

जनकपुरधाम । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये कांग्रेसको जनधार बढी रहेकाले ६० प्रतिशत सिट आफूहरूले नै पाउनुपर्ने निर्णय प्रदेश समितिको बिहीबार अबेर राति सकिएकाे बैठकले गरेकाे मधेस प्रदेश प्रचारप्रसार समितिका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बैठकले जिल्लाबाट सिफारिस भएर आएका सबै उम्मेदवारको नाम र सिफारिसमा नपरेका र प्रदेश कार्यालयमा निवेदन दिएका आकांक्षी उमेदवारहरूकाे नाम रायसहित केन्द्रमा पठाउने निर्णय गरेकाे उनले जानकारी दिए ।

आवश्यकताअनुसार प्रचारप्रसार समिति गठन गर्ने, केन्द्रद्वारा तर्जुमा गरिने घोषणापत्रमा मधेसको आर्थिक, सामाजिक रुपान्तरणको लागि मुद्दाहरू समावेश गराउन पहल गर्ने निर्णय पनि बैठकले गरेकाे छ । बैठकले स्वर्गीय नेता प्रदीप गिरीकाे निधनप्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780