फोटो पत्रकार महासंघका सचिवमा मधेशलाइभकर्मी सौरभ निर्वाचित

राजविराज । नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सचिव (खुल्ला)मा मधेशलाइभ अनलाइनका समाचार संयोजक सौरभ यादव निर्वाचित भएका छन् ।

चितवनमा आयोजना गरिएको महासंघको दोश्रो अधिवेशनबाट उनी सचिवमा निर्वाचित भएका हुन् । सप्तरीको राजविराज निवासी यादव विगत ६ वर्षदेखि सक्रियताका साथ पत्रकारिता गर्दै आएका छन् ।

त्यस्तै, महासंघका अध्यक्ष हरिप्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्ष (खुल्ला)मा दिप ज्ञवाली, महासचिवमा नरेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सचिव खुल्लातर्फ यादवसहित गजेन्द्र राइ, हरिहर सिंह राठौर, प्रभातकुमार झा, निश्चल चापागाई, कोमल चन्द्र भगत सुडी, बाबुराम भण्डारी, विशाल सुनार र भरत ढकाल तथा सचिव समावेशीमा विवेक नागरि निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा किरणकुमार पन्थसहित केन्द्रीय सदस्यमा १० जना निर्वाचित भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस