असई यादव मृत्यु प्रकरण : सशस्त्रका एसपी हेडक्वाटर तानिए

राजविराज – सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव मृत भेटिएको घटनामा अनुसन्धानका लागि सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) प्रदिप खड्का हेडक्वाटर तानिएका छन् ।

गत बिहिवार दिउँसो सिमावर्ती बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पंचायत अर्नामास्थित घोडदह खोलामा असई यादव मृत भेटिएका थिए । सो घटनामा अनुसन्धानका लागि एसपी खड्कालाई हेडक्वाटर तानिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । ‘घटनाबारे सोधपुछका लागि उहाँलाई झिकाइएको छ’, उनले भने ।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसप) नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान जारी रहेको बताए । ‘अहिले ठक्कै केही भन्न सक्ने अवस्था छैन्, यद्यपी अनुसन्धान जारी छ’ उनले भने, ‘चाँडै हामी टुंगो लगाउँछौं भन्ने अपेक्षा गर्दा हुन्छ ।’

नेपाल–भारत सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा पर्ने सो ठाउँमा भेटिएको असईको शरीरमा लुगा नभएको अवस्थामा शव भेटिएको थियो भने टाउकोमा पनि चोट देखिएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप कुराहरु खुल्नसक्ने प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस