प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा, ११९ जनाले लिए फिर्ता

जनकपुरधाम । ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दिएका ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम उम्मेदवारको नामवलीअनुसार २ हजार ४ सय १२ जना चुनावी मैदानमा छन् । १६५ सिटका लागि उनीहरू चुनावी मैदानमा उत्रिएका हुन् । पुरुष २,१८७ र महिला २२५ जना उम्मेदवार छन् ।

सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस र माओवादी केन्द्रका १/१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने एमालेका ३ जनाले फिर्ता लिएका छन् ।

यस्तै प्रदेशसभामा उम्मेदवारी दिएका २५७ जनाले फिर्ता लिएका छन् । ७ प्रदेशका ३३० सिटका लागि ३,२२४ जना चुनावी मैदानमा छन् । प्रेदशसभामा पुरुष उम्मेदवार २,९४३ जना र महिला २८० छन् । अन्य पनि १ जना रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस