महोत्तरीका १४३ मतदानस्थल अति संवेदनशील

महोत्तरी – आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनगर गर्दै भारतसँग खुला सीमा जोडिएको महोत्तरीमा सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ ।

सोही क्रममा सुरक्षाको अवस्थालाई दृष्टिगत गरी १४३ मतदानस्थललाई अतिसंवेदनशील र ११४ संवेदनशील घोषित गरिएको छ । निर्वाचनलाई मध्यनजर गर्दै यसको आवरण/निहुँमा हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ गरिँदै लगिएको जिल्लाका मुख्य प्रशासक प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए ।

निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि नै १ हजार ५ सय नेपाल प्रहरी र २ हजार ८ सय म्यादी प्रहरी परिचालित भइसकेको बताउँदै उनले यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि निर्वाचन सुरक्षामा आवश्यकतानुसार परिचालित गरिने बताए ।

चार प्रतिनिधि सभा र ८ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि २ सय ५८ मतदानस्थलमा ४९९ मतदान केन्द्र निर्धारण गरिएको छ भने जिल्लामा ३ लाख ९७ हजार ३० मतदाता छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस