जसपाका चार मन्त्री बर्खास्त

जनकपुरधाम – सरकारले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई पदबाट बर्खास्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई बिहीबार पदमुक्त गरेकी छन् ।

यसरी पदमुक्त हुनेमा कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, र वन तथा वातावरण मन्त्री प्रदीप यादव छन्।

नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवालाई नै दिइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले बताए ।

जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि जसपाका चारै जना मन्त्रीहरूलाई देउवाले बर्खास्त गरेका हुन् ।

साथै, निवर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले सम्हालेको मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस