मधेश प्रदेशका मुख्यमन्त्री राउतले हटाए कांग्रेसका तीन मन्त्री

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषद्मा रहेका तीन मन्त्रीलाई शुक्रवार बर्खास्त गरेका छन् ।

यसरी बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंह छन् । मधेश प्रदेश सरकारमा तीनै जना नेपाली कांग्रेसबाट मन्त्री थिए ।

नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनीहरुलाई पदमुक्त गर्ने मुख्यमन्त्री राउतले सिफारिस गरेका थिए । सो सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सो मन्त्रालयहरुको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले जानकारी दिए ।

जनता समाजवादी पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै बुधवार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्रीलाई बर्खास्ता गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस