सप्तरीका २०८ मतदानस्थल अतिसंवेदनशिल

राजविराज – आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीका २९५ मध्ये २०८ मतदानस्थल अतिसंवेदनशिल विश्लेषण गरिएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बैठकले सो मतदानस्थलहरुमा सोहीअनुसारको सुरक्षा रणनीति तयार पारेको हो । जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागका अधिकारी लगायतका सम्मिलित बैठकले २९५ मध्ये ८३ संवेदनशील र ४ वटा मतदानस्थललाई समान्य रहेको विश्लेषण गरिएको जनाएको छ ।

अतिसंवेदनशिल मानिएका अधिकांश मतदानस्थल भारतीय सीमा नजिक रहेकोले सो मतदानस्थलहरुमा सोहीअनुसारको सुरक्षा रणनीती तयार पारिएको सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनले मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणका लागि कुनै कसर बाँकी नरहने बताए ।

सप्तरीमा निर्वाचन सुरक्षाका लागि ३ हजार २७८ म्यादी प्रहरी र १ हजार ६२० नेपाल प्रहरी परिचालन गरिनेछ भने यस बाहेक सेना र सशस्त्र प्रहरी समेत निर्धारित घेराभित्र रहेर सुरक्षा दिने प्रहरी उपरीक्षक काफ्लेको कथन छ ।

चार प्रतिनीधि सभा र ८ वटा प्रदेश सभा सदस्य रहेको सप्तरीमा कुल ४ लाख १८ हजार ३७४ मतदाता छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस