धनुषाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ युवक पक्राउ

जनकपुरधाम – धनुषामा स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुई जना युवकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरीको इनरूवा नगरपालिका–६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता छन् । उनीहरुलाई गए राति धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित नहरचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सवार रहेका युवकलाई चेकजाँच गर्ने क्रममा कालो रंगको झोलाभित्र उक्त रकम बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ भने कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग काठमाडौं पठाउने तयारी छ।

Author:



क्याटोगरी छान्‍नुहोस