नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ घाइते

जनकपुरधाम – नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतवार विहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।

Author:



क्याटोगरी छान्‍नुहोस