जसपाले बोलायो राजनीतिक समितिको बैठक

जनकपुरधाम – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी पौष १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय बालकुमारीमा बोलाइएको सो बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस