कहीँ पनि पुनः मतदान र पुनः मतगणना गर्नुपर्ने अवस्था छैन्  : प्रमुख आयुक्त

विराटनगर – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुनः निर्वाचन र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शनिवार थपलियाले निर्वाचनको मत परिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाउँदै प्रदेशसभा सचिवालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले निर्वाचन आयोगले निष्पक्ष रूपमा निर्वाचन गरेको दाबी गरे । ‘आयोगले गरेको कुनै पनि निर्णयमाथि पुनरावेदन लाग्छ, अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिबद्ध छ’, उनले भने,‘ आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम गरेका छैनन्, कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।’ निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उनको दाबी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस